काठमाडौं। होक्काइदो नेपाल बिजनेश ग्रुपले शनिवारदेखि जापानको लोकप्रिय खाना सार्वजनिक गर्ने भएको छ।
सुरुमा पार्क भिलेज र काठमाडौं गेष्टहाउसमा आउटलेट राखेको कम्पनीले आगामी एक वर्षभित्र मुलुकको विभीन्न प्रमुख शहरमा थप १० वटा आउटलेट संचालनमा ल्याउने कम्पनीका अध्यक्ष अर्जुन अधिकारीले बताए।
उनले भने, 'यो परिकार नेपालमा विक्री वितरण गर्नका लागि हामीले तीन वर्ष अगाडिदेखि अध्ययन सुरु गरेका थियौँ। गहुँ, जौ, फापर, अदुवा, प्याज, मासु लगायत आवश्यक सामाग्री र बजार अध्ययन गरिसकेपछि हामीले यहाँ यो परिकार बजारमा ल्याउन उपयुक्त देख्यौँ। त्यसपछि नेपाली बजारमा रामेन ल्याउने योजना बनाएका हौँ।'
अधिकारीका अनुसार खोज अध्ययनका लागि कम्पनीले ७० लाख रुपैयाँ र आउटलेट संचालनमा ल्याउनका लागि दुई करोड रुपैयाँ लगानी गरेको छ।
'रामेन तयार पार्नका लागि प्रविधी जापानकै प्रयोग गरिएपनि त्यसमा प्रयोग हुने गहुँ, जौ, फापर लगायत मुख्य खाद्य पदार्थ उत्पादनका लागि मुलुकका विभीन्न कृषक दाजुभाई दिदीबहिनीसँग छलफल भइसकेको छ। हाम्रो अर्को मुख्य उद्धेश्य भनेको जापान गएर नेपालमै केही गरौँ भन्ने उद्धेशयले फर्किएका दाजुभाइलाई प्रेरित गर्नु हो।'अधिकारीले भने
'होकाइदो रामेन हाउस'को आउटलेटमा स्वादिलो, स्वास्थ्यवर्धक परिकारसँगै पानीमा पनि विशेष प्राथमिकता दिइएको उनले बताए। उनका अनुसार कम्पनीको आउटलेटमा रामेनसँगै तीस प्रकारका जापानी र नेपाली परिकार राखिनेछ।
रामेनलाई नेपालमा प्रवर्धन गर्दा नेपाल र जापानको खानपीन तथा जनस्तरको सम्वन्ध थप प्रगाढ हुनुका साथै उद्योग व्यापार प्रवर्धनको जिम्मेवारी वहन हुने अधिकारीको दाबी छ।
'सन् २०२० नजिकिँदै छ। जापानबाट भ्रमणका लागि आउनुहुने पर्यटकले यहाँ तयार पारेको विभीन्न जापानी परिकार सजिलै लिन सक्नुहुनेछ। यसले पर्यटकलाई दिइने सुविधामा थप मद्दत हुनुकासाथै नेपालको पर्यटन विकासमा थप टेवा पुग्नेछ।'
रामेन बनाउनका लागि हाल जापनी सेफ माचुमुरा र नेपाली सेफ पुरन बहादुर चौधरी चिफ सेफ कार्यरत रहेको कम्पनीले जनाएको छ।
'होकाइदो रामेन हाउस' उद्घाटनका लागि शनिवार नेपालका लागि जापानका राजदुत मासामिचीको सहभागिता रहने कम्पनीले जानकारी दिएको छ।
के हो रामेन?
रामेन थुक्पासँग मिल्दो जुल्दो परिकार हो। गहुँ, जौ र फापरको पिठोबाट तयार पारिएको लामो नुडल्सल हो।
यसलाई आठ घण्टा लगाएर तयार पारिएको सुपमा तरकारी, अण्डा र मासु राखेर दिइन्छ। यसमा अजिनोमोटोको प्रयोग गरिएको हुँदैन।
Reviewshive.com is doing a noble deed by helping out distressed shoppers to both shop carefully as well as giving them a platform to speak up. It is also helping business to connect with customer .
Reviewshive.com is providing a company listing with brief description.